बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले स्वास्थ्य मन्त्रालयसँग राख्यो तीन बुँदे अडान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको विशेषज्ञ टोलीसँग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्दोलनरत स्वास्थ्यकर्मीसँगले तीन बुँदे अडान राखेका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीसँग प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र डा. मदन उपाध्यायले हिजाे छलफल गरेका थिए।

छलफलको क्रममा उनीहरूले तीन बुँदे अडान राखेका छन्।

‘हाम्रा कुरा बुझ्ने, सुन्ने प्रयास गर्नुभएको यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं। यद्यपि, हामीले यसलाई औपचारिक वार्ता मानेका छैनौं,’ संयुक्त संघर्ष समितिका सह–संयोजक डा. विष्णु पोरखेलले भने।

उनीहरूले उठान गरेका १२ बुँदे माग सम्बोधन गर्न प्रधानमन्त्री एवम कुलपति ज्युको अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने, असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गरेको निकृष्ट कार्य गर्ने एवम ढाकछोप गर्न कुनै कसर चारैजना पदाधिकारीहरुले राजीनामा दिई दिनुपर्ने र सिर्जित उक्त गम्भीर विषयलाई तत्काल सम्बन्धित निकायले छानविन गर्ने र कारवाहीको प्रकृया अगाडि बढाउनुपर्ने अठान राखेका छन्।

त्यसैगरी, नेपालका कुनै पनि स्वास्थ्य एवं शैक्षिक संस्थाहरुमा पदाधिकारीहरूको नियुक्तिको मापदण्ड सार्वजनिक गर्ने। नियुक्त पदाधिकारी कुन मापदण्डबाट र के के प्रतिज्ञा गरी छनौट गरिएको हो सो कुरा छनौट हुनासाथ सार्वजनिक गर्ने व्यवस्था तत्काल गर्ने। छनौट भएका पदाधिकारीले गरेका प्रतिज्ञा पूरा भएको–नभएको हरेक ६–६ महिनामा सम्बन्धित निकायले सुपरिवेक्षण गर्ने र सार्वजनिक गर्ने जस्ता अठान राखेका छन्।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा स्वास्थ्यकर्मी तीन हप्तादेखि आन्दोलनमा उत्रिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय