२५ असारदेखि सिभिल अस्पतालको नियमित सेवा सुचारु

काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालले सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ।

कोरोनाका कारण आंशिकरुपमा संचालन हुँदै आएका सेवाहरु २५ असारदेखि नियमितरुपमा संचालनमा आउने अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधी पौडेलले बन्द गरिएका सेवाहरु २५ असारबाट नियमित सुचारु गर्ने जानकारी दिए।

बुधबार प्रकाशति विज्ञप्तिमा बन्द गरिएका सेवाहरु २५ असारबाट नियमित रुपमा सुचारु गर्ने जानकारी गराएको छ।

गत जेठबाट सिभिल अस्पतालमा कोभिडका बिरामीको उपचार गरिँदै आएको छ।

बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कायार्यलय काठमाडौंसँग भएको सम्झौता अनुसार १५० बेड अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय