कोरोनाका सक्रिय संक्रमितले खोप लगाउने कि नलगाउने ?

नेपालमा हाल सक्रिय संक्रमित २५ हजारभन्दा माथि छन्। अधिंकास मानिसहरू होम आइसोलेसनमा छन्।

सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई तिब्रता दिन थालेको छ।  आजबाट ६० देखि ६४ बर्षका नागरिकलाई भेरोसेलको दोस्रो डोज दिन थालेको छ।

चीनबाट थप आउँदै गरेको खोप उमेर समूहको आधारमा दिँदै जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ।  तर, हाल सक्रिय संक्रमितले तत्काल यो खोप लगाउन हुँदैन भन्ने जनमानसमा जिज्ञासा छ।

विज्ञहरू कोरोनाका लक्षणहरु देखापरेको छ अहिले खोप लगाउन नलाउन सुझाव दिन्छन्।  यसविषयमा स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सक्रिय संक्रमितले खोप नलाउन अनुरोध गरेको छ।

‘यदि तपाईं कोभिड–१९ संक्रमित हुनुहुन्छ अथवा तपाइँमा कोभिडका सक्रिय लक्षणहरु देखापरेको छ भने अहिले खोप लगाउन नजानुहोला । कोभिड भएको बेला खोप लगाएर फाइदा हुँदैन । झन खोप केन्द्रमा भएकाहरुलाई कोरोनाभाइरस सर्न सक्छ। त्यसैले संक्रमणमुक्त भएको एक महिनापछि मात्र खोप लगाउन जाऔँ,’जारी सूचनामा भनिएको छ ।

सरकारले थप खोपको व्यवस्था गर्न लागेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई हतार नगर्न पनि आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय