टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को उपनिर्देशकको डा. सन्तकुमार दासलाई जिम्मेवारी दिइएको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले उपनिर्देशकको जिम्मेवारी दिएकी हुन्।

उनलाई अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए।

डा. दास यसभन्दा अगाडी कोरोना युनिट इन्चार्जको जिम्मेवारीमा थिए।

अस्पतालमा दुई उपनिर्देशक हुने व्यवस्था छ।

जसअन्तर्गत यसभन्दा अगाडी प्रा.डा सुबास आचार्यलाई उपनिर्देशकको जिम्मेवारी दिइसकिएको छ।

उपनिर्देशक कार्यकाल दुई वर्षको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय