कोरोना खोप लगाउन छुट्नुभएको छ? यी हुन् काठमाडौंका ३२ खोप केन्द्र

हेल्थपोस्ट नेपाल

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिक तथा लगाउन छुटेका अन्यलाई दोस्रो मात्रा लगाइने जनाएको छ।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई दोस्रो मात्रा लगाउन लागेको हो।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो।

जसका लागि स्वास्थ्य कार्यालय जिल्लाले अस्पताल तथा वडा कार्यलय गरी ३२ स्थानमा खोप केन्द्र तोकेको छ।

साथै, अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन्।

खोप केन्द्रहरूमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छन् । यसैगरी, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजुमा गएर खाेप लगाउन सकिने महानगरले जनाएकाे छ ।

भेरोसेलको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने हुन्छ। सोही अनुसार खोप दिन लागिएको हो।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।

खोप अभियान देशभर सञ्चालन हुने छ।

यी हुन् काठमाडौंका ३२ खोप केन्द्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *