‘फुटबलमा झेली गरे रेड कार्ड, राजनितिमा नियुक्ती ’ (फोटोफिचर)

हेल्थपोस्ट नेपाल

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनबारे ऐक्यवद्धता जनाउँदै आज पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।

प्रतिष्ठानमा पदाधिकारीबाट भएको भ्रष्टाचार र अनियमितता विरुद्ध चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

उनीहरूको आन्दोलन तीन हप्तादेखि चलिरहेको छ।

चिकित्सकहरूले पहिला भ्रष्टाचार र अनियमितता छानबिन हुनेपपर्ने लगायतका माग राखेर प्रतिष्ठानमा धर्ना कार्यक्रम गरेका थिए।

तर, पछिल्लो समयमा प्रतिष्ठानको उपकुलपतिलाई अन्य पदाधिकारीले समक्षण गरेको भन्दै शीर्ष चार जना पदाधिकारीको राजीनामा मागेका छन्।

उनीहरूको मागको समर्थनमा आज माइतीघर मण्डलमा नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरूले प्रतिष्ठानमा हुने गरेको राजनीतिक नियुक्तिमाथि पनि प्रश्न उठाएका छन्।

‘फुटबलमा झेली गरे रेड कार्ड, राजनितिमा झेली गरे नियुक्ती ’ जनताको अस्पताल सोच्दै, व्यापारीका अस्पताल पोस्दै, चाप्लुसी गर्न जान्दैनौं, तिम्रो दमन मान्दैनौं, स्वार्थ तिम्रो होला, विरोध गर्नु हाम्रो कर्तव्य हो, कर तिर्ने नागरिक कमिसन खाने उपकुलपति तथा अन्य पदाधिकारी लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्।

तस्बिरहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *