आज २५ हजार ६९० सक्रिय संक्रमित, २३ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ११ हजार ५२७ नमुना परीक्षणमध्ये २ हजार ६२२ जनामा संक्रमण देखिएको हो।

यो सँगै नेपालमा ६ लाख ४६ हजार ३६७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

सोमबार देशभर २५ हजार ६ सय ९० सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २ हजार २११ संक्रमणमुक्त भएका छन्।

हालसम्म कुल संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ संक्रमणमुक्त भएका छन्।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट २३ जनाको निधन भएको छ।

हालसम्म संक्रमणबाट ९ हजार २४८ ले ज्यान गुमाइसकेका छन्।

आज देशभरबाट ३१७ क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *