चीनबाट ४० लाख खोप कहिले–कहिले आउँदैछ? (सूचीसहित)

सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड—१९ विरुद्धको भेराेसेल खोप ल्याउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले देखेका छन, ‘४० लाख भ्याक्सिन चीनबाट ल्याइने फ्लाइट सेडयुल नेपाल वायु सेवा निगमले सार्वजनिक गरिसकेको छ। अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्नेछ। थप खोप ल्याउने प्रयास पनि जारी छ।’

नेपाल वायु सेवा निगमको पहिलो खेप ८ जुलाईमा ल्याउने तयारी गरेको छ।

यस्तै, दोस्रो खेप त्यसको भोलिपल्ट ९ जुलाईमा आउनेछ । १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप र २२ जुलाईमा पाँचौ र २३ जुलाईमा छैटौ खेप ल्याइनेछ।

नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज ननडिस्क्लोजेबल एग्रीमेन्ट गरेर खरिद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय