टेकू अस्पतालमा पोष्ट कोभिड सेवा सुरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूमा पोष्ट कोभिड सेवा तथा अन्य ओपिडी सेवा सुरु भएको छ।

कोरोना संक्रमणका कारण विस्तारित स्वास्थ्य सेवा बन्द गरेको अस्पतालले दिउँसो २:३० देखि ४:३० बजेसम्मका लागि ओपिडी सेवा सुरु गर्न लागेको हो।

ओपिडी सेवा शुल्क रु ३०० लिनेगरी पुन:सञ्चालनमा ल्याइएको हो। पोष्ट कोभिडको सेवा आइतबार, मंगलबार र बिहीबारमात्र सञ्चालन गरिने अस्पतालका शाखा अधिकृत जबराज गौतमले बताए।

योसँगै सामान्य चिकित्सा सेवा आइतबारदेखि शुक्रबारसम्म, छालारोग सेवा आइतबार, मंगलबार र बिहीबार, बालरोग सेवा सोमबार र बुधबार उपलब्ध हुनेछ। त्यस्तै हाडजोर्नी सेवा शुक्रबार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय