एकहजार भन्दा बढी जनस्वास्थ्य निरीक्षक नियुक्ति हुँदै, ५० प्रतिशत थप जोखिम भत्ता

हेल्थपोस्ट नेपाल

सरकारले कारोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि एक हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असार १४ गते बाट कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ लागू गरी तत्काल निरीक्षक नियुक्ति गर्ने तयारी सुरु लागेको हो।

सो कार्यविधिको दफ ६ को १ मा हाल बहारमा रहेका योग्यता पुगेका स्वास्थ्यकर्मी स्थायी र फजिललाई परिचालन गर्ते र २ मा जनशक्ति नपुगेको खण्डमा स्वास्थ्य सेवा बिभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले करारमा नियुक्ति गर्ने व्यवस्था गरेको छ।

देशका ७५३ वटै स्थानीयतहमा जम्मा एक हजार ७७ जना निरीक्षक नियुक्ति हुनेछन।

कार्यविधि अनुसार ७५३ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षकहरु रहने छन् । यस्तै, उप–महानगरपालिकामा ३/३ जना, नगरपालिकामा २/२ जना र गाउँपालिकामा १/१ जना जनस्वास्थ्य निरिक्षक परिचालन गरिनेछ । नेपालमा ६ वटा महानगरपालिका, ११ उप–महानगरपालिका र २ सय ७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

यसरी खटिने निरिक्षकको सुरुको तलब स्केल ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता १८ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ  हुनेछ ।

जनस्वास्थ्य निरीक्षकहरुले स्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीयतहका स्वास्थ्य संयोजकको समन्वयमा काम गर्नुपर्नेछ ।

जनस्वास्थ्य निरिक्षकले ३ तहको जनस्वास्थ्य समन्यव  गर्न, क्वारेन्टाइन र आइसोलेशन निगरानी गर्न, केस इन्भेस्टीगेसन,  कन्टयाक ट्रेसिङ, स्क्रिनिङ्ग, हेल्थ डेस्क, उपचार र संचार गतिविधिहरु सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्यवमा संचालन गर्नेछन् ।

यस्तै, जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन, जनचेतनामुलक गतिविधि संचालन, जनस्वास्थ्य मापदण्डका बारे जानकारी तथा परामर्श, सरकारबाट जारी मापदण्ड पालना नगर्ने व्यक्ति तथा संस्थाहरुको सूची तयार गरी कारवाहीका लागि सिफारिस गर्ने, जोखिम स्थानको पहिचानका लागि सूचना संकलन र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेश गर्नुपर्ने कार्यविधीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत योग्यता पुगेका कर्मचारी भए खटाउने अथवा स्वास्थ्य सेवा विभागले करारमा नियुक्ति गरी खटाउन पाउने कार्यविधिले व्यवस्था गरेको छ ।

 

निरीक्षकहरुलाई स्वास्थ्य विमा अनिवार्य गरी कामको सिलसिलामा कोरोना संक्रमण भए सम्पूर्ण उपचार नेपाल सरकारले व्यवहार्ने भएको छ ।



One thought on “एकहजार भन्दा बढी जनस्वास्थ्य निरीक्षक नियुक्ति हुँदै, ५० प्रतिशत थप जोखिम भत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *