स्वास्थ्य मन्त्रालयले भन्यो – असार २४ देखि खोप आउँछ, ढुक्क हुनुहोस् सबैले खोप पाउनुहुन्छ

सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता अनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिए।

तर, कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन्।

‘नेपालले चिनियाँ कम्पनी सिनोफार्मसँग खोप खरिदको लागि सम्झौता गरेको छ,’ डा. पौडेलले भने, ‘ असार २४ पछि सम्झौता अनुसार साप्ताहिक रुपमा आपूर्ति हुन्छ। प्रतिक्षा गर्नुहोस्।’

४० लाख डोज खरिदका लागि सम्झौता भएको र ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न नमिल्ने मन्त्रालयका अधिकारीले बताउँदै आएका छन्।

नेपालमा हालसम्म २५ लाख ७४ हजार ७१५ पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ९ प्रतिशत हो।

त्यसैगरी, दोस्रो मात्रा खोप लगाउने तीन प्रतिशत छन्। ७ लाख ५७ हजार ३८० जना दोस्रो खोप मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको अनुसार ४६ लाख ४८ हजार डोज अनुदान तथा खरिद गरेर नेपाल भित्रिएको छ।

डा.पौडेलले देशभरका ६० देखि ६४ बर्षका नागरिकलाई असार २२ देखि भेरोसेलको दोस्रो मात्रा लिन आग्रह गरे।

उनले  उमेरसमूहको आधारमा खोप दिँदै जाने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय