किन लामो समयसम्म संक्रमण पोजेटिभ देखिन्छ?

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस पुष्टि सँगै लामो समयसम्म पोजेटिभ देखिने समस्या केही मानिसमा हुने गरेको पाइन्छ।

तर, संक्रमण पुष्टि भएपश्चता तीन दिन लक्षण विहिन भएर १० दिन नाघेको खण्डमा पुन परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

केही बिरामीमा कोरोना संक्रमण भएपछि पनि मृत्यु भइसकेका भाइरसका अंगहरू शरीरमा बाँकी छन् भने पोजेटिभ आउन सक्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन्।

‘कोरोना संक्रमण भएपछि पनि मृत्यु भइसकेका भाइरसका अंगहरू शरीरमा बाँकी छन् भने पोजेटिभ आउन सक्ने सम्भावना हुन्छ,’ डा. पौडेले भने, ‘जुन एक महिनापछि पनि हुन सक्छ।’

लक्षण विहिन भएको अवस्थामा परीक्षण गर्न आवश्यक नभएको उनले बताए।

पुन परीक्षण गर्दा फरक–फरक नम्बर दिएको जसले तथ्यांकमा समस्या परिहेको उनले बताए।

‘अनावश्यक परीक्षण नगर्नुहोस्। पुन परीक्षण गर्नु परेको खण्डमा सम्पर्क नम्बर एउटै दिनुहोला। एकै व्यक्तिको फरक–फरक नम्बर हुँदा तथ्यांकमा घटबढ भइरहेको छ,’ उनले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *