परीक्षणसँगै कोरोना संक्रमितको संख्या पनि घट्यो, आज १ हजार ६०३ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयको अनुसार पिसिआर तथा एन्टिजेन मार्फत ८ हजार १३२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार नेपालमा ३५ लाख ७२ हजार ७९० परीक्षण गर्दा ६ लाख ८२ हजार ७४९ संक्रमण पुष्टि भएको छ।

आइतबार २ हजार ५५१ संक्रमित निको भएका छन्।

मन्त्रालयको जारी गरेको तथ्यांक अनुसार हालसम्म ६ लाख ९ हजार २१८ संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा २७ जनाको निधन भएको छ।

यो सँगै कोरोनाबाट निधन हुनेको संख्या ९ हजार २२५ पुगेको डा. पौडेलले जानकारी दिए।

उनका अनुसार हाल ५ सयभन्दा बढि सक्रिय संक्रमित भएका ९ जिल्ला छन्।

जसअनुसार काठमाडौैैं, भक्तपुर, ललितपुर, चितवन, रूपन्देही, झापा, मोरङ, सुनसरी लगायतका जिल्ला पर्दछन्।

शुन्य संक्रमित भएका जिल्ला कुनै पनि छैन।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *