खोप खरिदमा भ्रष्टाचार आरोप लागेका ब्राजिलका राष्ट्रपतिमाथि छानविन हुने

भारतमा निर्मित कोरोना खोप ‘कोभ्याक्सिन’ खरिद प्रकरणमा भ्रष्टाचार अभियोग लागेका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारामाथि छानविन गर्न त्यहाँको सर्वोच्च अदालतले अनुमति दिएको छ।

शुक्रबार राति सर्वोच्चले खोप खरिदमा उनको भूमिकालाई लिएर भएको आरोपमाथि छानविनका लागि अनुमति प्रदान गरेको हो। ‘कोभ्याक्सिन’ को अधिक मात्रा खरिदका लागि रकम लिएको आरोप उनीमाथि छ।

तर, राष्ट्रपति बोल्सोनाराले आरोपको खण्डन गरेका छन्। उनले विपक्षीहरुले आफूमाथि महाअभियोग लगाउन यस्ता आरोपहरु लगाइरहेको प्रतिक्रिया दिएका छन्।

खोप खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि ब्राजिलका सडकमा सरकार र बोल्सोनाराविरुद्ध प्रदर्शनहरु भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय