काठमाडौं उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, थप के खुल्छन्?

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे थप निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार रातिदेखि सकिनै लाग्दा थप निर्णय गर्न बैठक बस्न लागेको हो।

कोरोना संक्रमण नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनले आज दिउँसो ३ बजे प्रजिअहरुको बैठक बस्न लागेको बताए।

अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे पनि छलफल हुने छ। यसअघि २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *