नेपालमा संक्रमण निको हुने दर ९४ दशमलब ३ प्रतिशतमा पुग्यो

हेल्थपोस्ट नेपाल

नेपालमा २४ घण्टामा २ हजार ३ सय २८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ३७ जनाको पिसीआर र ४ हजार २ सय ९६ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हो।

याेसँगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार ५सय ८० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १९ जनाकाे मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय९८ पुगेकाे छ।

उक्त अवधिमा ३ हजार ६६ जना निको भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेकाे छ भने मृत्युदर १दशमलब ५ प्रतिशत रहेको छ।

यस्तै काठमाडौंमा ३ सय ७६ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका २४६, भक्तपुरका ४९ र ललितपुरका ८१ जना रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *