आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेकाे आरोपमा ३१ वर्षीय पुरुष पक्राउ

हेल्थपोस्ट नेपाल

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेकाे आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ८ सुडालका ३१ वर्षीय पुरुष छन्।

घरमा कोही नभएको मौकामा संवेदनशील अंगमा छुने, समाउने गरेको र पछिल्ला दिनमा पनि एकान्त ठाउँमा सोही किसिमको हर्कत गर्न खोजेको भनि उजुरी आएपछि उनलाई पक्राउ गरिएकाे हानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए।

अभियुक्तलाई ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *