विराटमा सुरू भयो ग्यास्ट्रो सर्जरी सुपर स्पेसियालिटी सेवा

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले पेट पेटसम्बन्धी सम्पूर्ण रोगहरुको शल्यक्रिया हेर्नेगरी बेग्लै ग्यास्ट्रो सर्जरी युनिटको स्थापना गरेसँगै सयौं बिरामीलाई उपचार दिइसकेको छ।

यो युनिटको स्थापनासँगै अब विराटमा पेटसम्बन्धी सबै रोगहरुको पूर्ण विशेषज्ञता उपलब्ध हुनेछ।

युनिटको नेतृत्व डा. नरेन्द्र पण्डितले गरेका छन्।

त्यस्तै, डा. सजय कुमार यादव र डा. समीर भट्टराई रहेका छन्।

युनिटमा आमाशय, कलेजो, पित्तथैली तथा पित्तनली, आन्द्रा लगायत पेटसँग सम्बन्धित सर्जरीका सुपर स्पेसियालिटी सेवा उपलब्ध हुनेछन्।

साथै, यी अंगहरुका क्यान्सर तथा गैरक्यान्सर दुवैखाले सर्जरी सेवा उपलब्ध हुनेछ।

डा. पण्डितले ७० प्रतिशतको हाराहारीमा गैरक्यान्सरका र ३० प्रतिशत क्यान्सरका बिरामी उपचारको लागि आउने गरेको जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय