२९ हजार २७४ सक्रिय संक्रमित, ३४ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार १० हजार ५९६ नमुना परीक्षण हुँदा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २९ हजार २७४ सक्रिय संक्रमित छन्।

त्यसैगरी, शुक्रबार ३ हजार ४५१ संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ३ हजार ६ सय संक्रमणमुक्त भइसकेका छन्।

आज कोरोना संक्रमणबाट ३४ जनाको निधन भइसकेको छ।

यो सँगै कोरोनाबाट निधन हुनेको संख्या ९ हजार १७९ पुगेको छ।

शुक्रबार २९९ क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *