९६ देशमा फैलियो भारतमा देखा परेको डेल्टा भेरियन्ट

भारतमा फेला परेको कोरोनाको डेल्टा भेरियन्ट ९६ मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले केही समयमै यसले बाँकी विश्वलाई समेत आक्रान्त पार्ने चेतावनी दिएको छ। बेलायतमा देखा परेको अल्फा भेरियन्ट अझ १७२ देशमा फैलिएको बताइएको छ।

डब्लुएचओले २९ जुनमा दिएको अपडेटका अनुसार डेल्टा भेरियन्ट ९६ देशमा फेला परेको जनाइएको हो। यद्यपि यो भेरियन्टलाई अझै पहिचान गर्न समस्या भइरहेकाले यसबारेको पूर्ण तथ्यांक आइनसकेको बताइएको छ।

डेल्टा भेरियन्ट तंग्रँदै गरेको विश्व अर्थतन्त्रका लागि नयाँ खतरा बनेर उभिएको डब्लुएचओको भनाइ छ। यसलाई राेक्न लामो समयसम्म सुरक्षामा मापदण्ड लागू गर्नुपर्नै संगठनले जनाएको छ। यसलाई भेरियन्ट अफ कन्सर्न घाेषित गरिएको छ।

यसका साथै भारतमा डेल्टा प्लस भेरियन्ट पनि देखा परेको छ। यो मूल भाइरसको तुलनामा दोब्बरले फैलने बताइएको छ। भारतमा यो भेरियन्ट ५० बिरामीमा देखा परेको जनाइएको छ।

डेल्टा भेरियन्टको संक्रमण खतरालाई मध्यनजर गर्दै अस्ट्रेलियाको ग्रेटर सिड्नी, ब्लु माउन्टेन, सेन्ट्रल कोस्टलगायतका स्थानमा दुई साताका लागि लकडाउन लगाइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय