चीनबाट भेरोसेल खोप आउँदै, को पर्लान प्राथमिकतामा?

हेल्थपोस्ट नेपाल

सरकारले चीनबाट ल्याउने भनिएको कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी गरेको छ।

जसका लागि आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको हो।

नेपाल सरकारले चीनसँग खोप खरीदको पहल गरिरहेको थियो ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ।

तर, कति डोज वा कति मूल्यमा आउन लागेको छ एकिन भएको छैन।

अब आउने थप खोपको बारेमा क–कसले पाउँछन् भन्ने निर्णय गरेको छैन।

तर, उमेरसमूहको हिसाबमा खोप दिने तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सरकारले यसभन्दा अगाडी ६० बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोपको प्राथमितामा राखेको थियो।

अब आउने खोप जोखिम क्षेत्रमा रहेका मानिस तथा ६० बर्षभन्दा तलकाे उमेर समूहमा लगाउने तयारी भइरहेको विभागले जनाएको छ।

विभागको तथ्यांक अनुसार हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ।

प्राप्त खोपलाई सरकारले प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको गरेको छ।

हालसम्म २५ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन्। ७ लाखले दोस्रो डोज लगाइसकेका विभागको छ।

त्यसैगरी, तीन लाखको हाराहारीमा ६० देखि ६४ वर्ष उमेर समूहले पहिलो डोज प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

विभागले स्वेच्छिक फारम भर्ने प्राथमितामा राख्ने जनाएको छ।

स्वेच्छिक अनलाइन फारम भर्न दुई महिना १४ लाखभन्दा बढीली भरिसकेका छन्।

स्वेच्छिक अनलाइन फारम खोप उपलब्धता भएको आधारमा सरकारले निर्धारण गरेको उमेर समूहमा फारम भरेका व्यक्तिलाई प्राथमिकतामा राख्नुका साथै खोप लगाउन आउनू भनेर म्यासेज गरिनेछ ।

खोप लगाउन जाँदा अनलाइन फारम भर्दा प्राप्त हुने दर्ता कार्ड वा दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानु पर्ने हुन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *