त्रिवि शिक्षण अस्पतालमा सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सेवा सुरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

त्रिवि शिक्षण अस्पतालमा सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सेवा सुरु  भएको छ।

अस्पतालमै पहिलो पटक उच्च स्तरीय सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सेवा शुरु भएको अस्पतालका कलजो विभाग प्रमुख डा.रमेश सिंह भण्डारीले जानकारी दिए।

यो विभाग स्थापना भएसँगै अब त्रिवि शिक्षण अस्पतालमा पेटसम्बन्धी सबै रोगहरुको पूर्ण विशेषज्ञता उपलब्ध हुनेछ।

विभागको नेतृत्व प्राडा पलेश्वा लाखेको हुनेछ भने   प्राडा रमेश सिंह भण्डारी, डा बिष्णु कडेल, डा सुमिता प्रधान तथा डा नरेन्द्र महर्जनसहितको ग्यास्ट्रो सर्जनको  टिम हुनेछ।

उक्त विभागमा पेट सम्बन्धि रोग, पनक्रियास, पित्तको पित्ताशय, कोलोन, ईन्टेस्टाइन, मलाशय, अन्ननलिका, कलेजो आदिकोे सर्जरीको सेवा उपलब्ध हुनेछ।

त्रिवि शिक्षण अस्पतालमा केही समयअघि सुरु भएको कलेजो प्रत्यारोपण यूनिट पनि अब यही विभागअन्तर्गत् रहनेछ।

त्यस्तै,क्यान्सर र नन् क्यान्सरको पनि उपचार हुन्छ भने कलेजो प्रत्यारोपणको सेवा पनि लिन सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय