जनस्वास्थ्य निरीक्षक प्रज्वल मुखियाले गरे आत्महत्या

महोत्तरी गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकी डाम्हि मडैमा कार्यरत जनस्वास्थ्य निरीक्षक प्रज्वल मुखियाले आत्महत्या गरेका छन्।

महोत्तरी गाँउपालिका स्थायी घर भएका मुखियाले मंगलबार आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेको पाइएको स्वास्थ्य चौकीका इन्चार्ज श्याम नन्दन चौधरीले जानकारी दिए।

उनका अनुसार मुखिया लामो ड्रिपेशनको समस्या ग्रसित थिए।

‘हामीलाई पनि उहाँ डिप्रेशनको सिकार हुनुभएको थाहा थिएन। आत्महत्या गर्नु दिन मात्रै निन्द्रा नलाग्ने तथा डिप्रेशेनको औषधि खाइरहेको बताएका थिए,’ चौधरीले हेल्थपोस्टसँगको कुराकानीमा भने।

३० बर्षिय मुखिया डेढ बर्ष देखि स्वास्थ्य चौकीमा कार्यरत थिए।

‘आत्महत्या गर्ने दिन उसले औषधि सकिएको कुरा गरेको थियो। मैले तुरून्तै चिकित्सकसँग सल्लाह गर्न औषधि सेवन गर्न भनेको थिए,’ चौधरीले भने, ‘तर, बेलुका नै कोठमा गम्साले झुन्डिएर आत्महत्या गरेछन्।’

मुखियाको निधनप्रति हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले दुख प्रकट गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय