कोरोना संक्रमणमा नयाँ मोडः बढ्न थाल्यो आइसियूमा भर्ना हुने संख्या

हेल्थपोस्ट नेपाल
फाइल फोटो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा कोरोना संक्रमणका कारण गम्भीर बिरामी भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको  छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाका बिरामीको संख्या बिस्तारै फेरी उकालो लाग्न थालेको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए।

‘निषेधाज्ञा खुकुलो हुनु अगाडि अस्पतालको आईसियुमा बिरामी घट्दै गइरहेको थियो। आधाभन्दा बढी आइसियू खाली भइसकेका थिए,’ उनले भने, ‘ पछिल्लो केही दिन यता पुन गम्भीर संक्रमित भर्ना हुने संख्या बढेको छ।

केही दिनको अन्तरालमा आइसियू भरिभराउ भएको उनले बताए।

‘अब दुई वटा मात्र आईसियु बाँकी छ। विरामीहरु बढ्न थालेका छन्। यसैगरी, संक्रमित बढ्दै जाने हो भने बेड अभाव हुनसक्छ,’ उनले भने।
विशेष गरी अहिले एकै चोटी आईसियु वा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी आइरहेका छन्।

‘अस्पतालमा विरामी घट्दै गयो भनेर खुशी भएका थियौं। फेरि अचानक बढ्न थालेको महसुस भएको छ। निषेधाज्ञा खुकुलो भएका कारण पनि बढेको हुन सक्छ। यस्तो अवस्थामा सबैजना सचेत हुन आवश्यक छ,’ उनले भने।

सरकारले निशेषाज्ञा खुकुलो गरेसँगै पुन संक्रमितसंख्या बढ्दै गएको देखिन्छ।

बिहिबार मात्रै १० हजारको हाराहारीमा कोरोनाको नुमना परीक्षण हुँदा २ हजार ७ सयभन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ। सोही समयमा ३३ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको अनुसार देशभर आज ६ सय २९ सहित १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले केही दिन यता संक्रमितको संख्या बढ्दै गएको बताए।

उनका अनुसार संक्रमण बढ्दै जानूमा निषेधाज्ञा खुकुलो हुनु पनि एक हो।

‘केही ठाउँमा संक्रमण ह्वातै भएको देखिएको छ। सम्रगमा संक्रमणदर पनि बढ्दै छ,’ उनले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘थप निषेधाज्ञा खुकुलो हुनुले पनि संक्रमणदर बढेको हो।’

नेपालमा दोस्रो लहरमा संक्रमण फैलाउने ‘डेल्टा भेरियन्ट’ रहेको थियो।

केही दिन यता नेपालमा पुन ‘डेल्टा प्लस भेरियन्ट’ थप जोखिम थपिएको छ।

‘संक्रमणको दर बढिरहेको छ। हामी अहिले पर्ख र हेरको अवस्था छौं। केही दिनको संक्रमणदरलाई हेरेर निर्णय लिन्छौं,’ उनले भने।
उनका अनुसार ‘डेल्टा प्लस भेरियन्ट’ संक्रमण बढाइरहेको हुनसक्छ।

नेपालमा संक्रमण कुन भेरियन्टले गर्दा बढिरहेको छ भन्ने विषयको अनुसन्धान भइरहेको उनले बताए।

‘केही हप्ता अगाडी भर्ना हुने संख्या अस्पतालमा घटिरहेको रिर्पोटिङ प्राप्त भएको थियो।तर, आजभोलि केही अस्पतालमा आइसियूमा भर्ना हुने दर बढिरहेको तथ्यांक प्राप्त भएको छ,’ उनले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *