निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण र मृत्यु बढ्यो , आज २७६० संक्रमित, ३३ को मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेकाे छ।

दैनिक दुई हजारभन्दा तल झरेको संक्रमण संख्या निषेज्ञाज्ञा खुकुलो भएसँगै बढ्न थालेको छ।

बिहिबार मात्रै २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार आज १० हजार ९८५ नुमनाको परीक्षण भएको छ।

जसमध्ये पिसिआरबाट ७ हजार १३० र एन्टिजेन मार्फत ३ हजार ८५५को नुमना परीक्षण भएको छ।

पछिल्लो विवरण अनुसार ३३ जनाको निधन भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिन अगाडी मात्रै २० मा झरेको थियो।

मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ हजार १४५ले ज्यान गुमाइसकेका छन्।

आज देशभर ३१ हजार ३६८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ४ हजार १७ जना निको भएका छन्।

यो सँगै नेपालमा संक्रमणबाट निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ।

बिहिबार देशभर ३४५ जना क्वारेन्टाइनमा छन्।

केही दिन यता संक्रमण बढेको हिसाबले मन्त्रालयले पर्ख र हेरको नितीमा रहेको जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *