टेकु अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा

हेल्थपोस्ट नेपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निस्शुल्क स्वास्थ्य बिमा सुरु भएको छ।

योसँगै शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जना लाभान्वित हुने अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिएको छ।

स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउनेछन्।

अस्पतालमा उपलब्ध नभएका सेवा लिन अन्य अस्पतालमा रेफर भएर अन्य अस्पतालमा सेवा लिँदा पनि स्वास्थ्य बिमाको कानुन अनुसार सेवा लिन सक्ने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *