स्वास्थ्य मन्त्रालय भन्यो – मानिसहरू कोरोना परीक्षण गदैनन्, सार्ने जोखिम बढ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण (पिसिआर) नगर्ने संख्या बढ्दै गएको जनाएको छ।

मानिसहरूमा कोरोना लक्षण देखिएपनि घरमा बस्दै आएको र अन्यलाई सार्ने जोखिम हुने भएकाले समयमा नै परीक्षण गर्न अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै केहीदिनयता संक्रमण घटेपनि जोखिम भने कायम नै रहेको जनाएको छ।

‘कोरोना परीक्षण नगराउनेको संख्या बढ्दै गएको पाइएको छ। याद राखौं, मास्क प्रयोगसहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नुका साथै लक्षण देखिएकाको समयमै परीक्षण हुनु कोरोना नियन्त्रणका आधार हुन्,’ सूचनामा भनिएको छ।’

कोरोना महामारी नियन्त्रणका लागि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र समयमै परीक्षण गर्ने प्रमुख अस्त्र हो।

मन्त्रालयले कोरोना सम्पर्कमा सम्पर्कमा आएका र लक्षण देखिएका जो–कोहीले पनि तुरून्तै पिसिआर परीक्षण गर्न अनुरोध गरेको छ।
सरकारले केही दिनयता निषेधाज्ञा खुलुको गरेसँगै पुन संक्रमणदर भने बढ्न थालेको छ।

नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलँदो क्रममा हुनाले तेस्रो लहर आउने संकेत गरेको विज्ञले बताउँदै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय