स्वास्थ्य अनुसन्धान परिषद्को सातौं राष्ट्रिय सम्मेलन बिहिबारदेखि, को–को सहभागि हुनेछन् ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहिबार देखि सुरू हुने भएको छ। सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो।

सम्मलेन १७ र १८ गते हुनेछ। कोरोनाको महामारीका कारण यस वर्षको कार्यक्रम भिन्न तरिकाले गरिने आयोजकले जानकारी दिएको छ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। नेपाल टेलिभिजन तथा परिषद्को फेसबुक पेजबाट लाइभ हुनेछ।

परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ।

यसपटकको सम्मेलनको नारा ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ रहेको छ।

सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता जनाउने छन्।

स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, असरल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी विश्वास रहेको परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए।

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी ता विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुती, १९ पोष्टर प्रस्तुती तथा २४ वटा आमन्त्रीत प्रस्तुतीकरण हुने डा. ज्ञवालीले बताए।

यसपटकको सम्मेलनमा पहिलो दिनमा कोभिड १९ जनस्वास्थ्य संकट, नसर्ने रोगहरू तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धि आमन्त्रीत विज्ञहरू र प्रस्तुतकर्ताहरूको प्रस्तुति हुनेछ।

त्यस्तै, दोस्रो दिन मातृ, नवजात शिशु, बालस्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वयात्मक अनुसन्धान , संक्रामक रोगहरू, पोषण , मानसिक स्वास्थ्य दुव्र्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयमा प्रस्तुतीकरण हुनेछन्।

सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरू मध्ये ९ जनालाई उत्कृष्ट अवार्ड प्रदान गरिने छ।

स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी विश्वास रहेको परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले बताए।

डा. बरालले परिषद्ले गर्ने अनुसन्धानले उपचार प्रणालीमा सहयोग पुग्ने कुरामा जोड दिए।

‘हामीले अन्य देशले गरेको अनुसन्धानमा आधारित रहेको उपचार पद्धति अपनाइरहेका छौं,’ डा. बरालले भने, ‘हाम्रै देशमा अनुसन्धानलाई प्रभावकारी बनाउन सकेको खण्डमा बिरामीको उपचार प्रणालीमा थप सहयोग मिल्ने छ।’

परिषद्ले भूर्चअल माध्यमबाट १ हजार र फेसबुक लाइभ मार्फत ५ लाख भन्दा बढी मानिस जोडिने अपेक्षा लिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *