देशैभर कोरोना संक्रमणको स्थितिबारे सर्वेक्षण हुने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थितिबारे बुझन देशैभर सर्वेक्षण गर्न लागेको छ।

मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद, केन्द्रिय तथ्याङक विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालय मिलेर कोरोनाको व्यापकताबारे अनुसन्धान गर्न लागेको हो।

‘कोरोना कतिको फैलिएको छ, कतिजनामा रोग प्रतिरोगात्मक क्षमता, एन्टिबडि डेभलप भएको छ, कहाँ संक्रमण बढि रह्यो, कुन उमेर समूहमा जोखिम छ,कहाँ गतिविधि बढाउनु पर्नेछ भनेर बुझ्नका लागि सेरो प्रिभ्यिालेन्स सर्वे गर्न लागेको हो,’ उनले भने।

यसमा सहभागी भएर साथ दिन उनले आग्रह गरे।

देशको ७७ वटै जिल्लामा १३,५०० जनाको सूचना संकलन गरिने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *