कोरोना संक्रमणबाट ४१ को मृत्यु, थपिए २८९२ नयाँ संक्रमित

कोरोना संक्रमणका कारण आज ४१ जनाको मृत्यु भएको छ भने २८९२ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ७१८७ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ जनामा एन्टिजेनबाट परीक्षण गर्दा १००३ जनामा पोजिटिभ देखिएको छ।

त्यस्तै, ३५९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

देशैभरि कोरोना संक्रमणबाट निको हुने ९३.३२ प्रतिशत रेहेको छ भने ५.२५ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै हालसम्म १.४३ प्रतिशतको मृत्यु भएको छ।
काठमाण्डौमा आजमात्र ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ संक्रमित गरी ५७२ जना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय