स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न एमाले बैठकमै उठ्यो माग

हेल्थपोस्ट नेपाल
स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न एमाले बैठकमै माग उठेको छ।

आज बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगत विश्वकर्माले श्रेष्ठले जातीय भेदभाव गरेको भन्दै अविलम्ब हटाउनुपर्ने माग गरेका हुन्।

‘यस्तो छुवाछुटका पक्षधरलाई पार्टीमा नराख्ने निर्णय होस्, मन्त्रीबाट बर्खास्त गरियोस्,’ विश्वकर्माले भने।

जवाफमा प्रधानमन्त्री केपी ओलीले श्रेष्ठले माफी मागिसकेको र आफूले पनि चेतावनी दिएको बताएका थिए।



One thought on “स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न एमाले बैठकमै उठ्यो माग

  1. एक नेवालाई अर्को नेवाले मद्दत गर्दा गैह्र नेवाहरुको टाउको किन दुख्दछ ? मन्त्रीवाट बर्खास्ती होइन कमसेकम उपप्रधान मन्त्रीमा बढुवा गर्न चाहीं शिफारिस गरौँ l

Leave a Reply to सागरमान वज्राचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *