जातीय विभेद आरोपमा परेका स्वास्थ्यमन्त्रीले भने-गल्ती भयो, अब दोहोर्‍याउँदिनँ

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका शिक्षामन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आफूबाट गल्ती भएको स्वीकार गरेका हुन्।

आफ्नो कामले जातीय विभेद र सामाजिक भावनामा चाेट पुगेकाेप्रति दुखित भएकाे भन्दै आयोगका पदाधिकारीहरूसँगको छलफलमा गल्ती महसुस भएको बताएका हुन्।

सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ गतसाता प्रहरी कार्यालय पुगेका थिए।

उनले प्रधानलाई प्रहरी हिरासतपछि छुटाएर झण्डावाल गाडीमा राखेर लगेपछि विवादमा मुछिएका थिए। मानव अधिकार आयोगले मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएको थियो।

आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा आफूले गल्ती महसुस गरेको बताएका छन्।

‘हामीले उहाँलाई बोलाएका थियौँ, गल्ती भएको महसुस गर्नुभएको छ,’ आयोगका प्रवक्ता टिकाराम भट्टराईले आयोमेलसँग भने,‘आइन्दा यस्तो गल्ती नगर्ने भन्नु भएको छ।’

आगामी दिनमा यस्तो गल्ती नदोहर्याउन आयोगले आग्रह गरेको भट्टराईले बताए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्ता गल्ती नदोहर्याउन मन्त्री श्रेष्ठलाई सचेत गराएका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले आवेगमा आएर यस्तो काम नगर्न उनलाई ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय