जब उपकुलपति डा. ज्ञानेन्द्र गिरी नै मदिराको नशामा वार्ता गर्न पुगे…

हेल्थपोस्ट नेपाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सातादेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थी र प्रतिष्ठानका पदाधिकारीबीच मंगलबार दिउँसो वार्ता तय भएको थियो।

उपकुलपति डा ज्ञानेन्द्र गिरीले मंगलबार दिउँसो वार्ता हुनेभन्दै आन्दोलनकारीलाई पत्र पठाइसकेका थिए।

सोहीअनुसार आन्दोलनकारीहरु वार्ताका लागि तयार भएर प्रतिष्ठान पुगे।

तर वार्ता गर्न आएका डा गिरीले असामान्य व्यवहार देखाएपछि विद्यार्थीहरुलाई शंका लाग्यो

। उनीहरुलाई शंका लाग्यो–उपकुलपति मदिराको नशामा लठ्ठ छन्।

उनीहरुले उपकुलपतिको मापसे चेक गर्न माग गरे। तर प्रहरीले मानेन ।

‘उपकुलपति मदिराको तालमा लट्ठ भएर आउनुभयो। हामीले मापसे चेक गर्न भन्यौं। तर, प्रहरीले मानेन,’ आन्दोलनकारी विद्यार्थीका अगुवा डा. अमृत जैसीले हेल्थपोस्टसँगको कुराकानीमा भने।

आन्दोलनकारीले मापसे चेक नगरी बाहिर निस्कन नदिने भनेर दिउँसो वार्तास्थलमै नियन्त्रणमा राखे।

मंगलबार साँझसम्म यो समस्या समाधान भएको छैन। प्रतिष्ठानमा उपकुलपतिविरुद्ध चर्को नाराबाजी भइरहेको डा जैसीले बताए। भित्र भने केही पदाधिकारी र आन्दोलनकारीबीच वार्ता चलिरहेको छ ।

आन्दोलनकारीले आन्दोलनको १४ औं दिन सोमबारदेखि रिले अनसन पनि सुरु गरेका थिए।

प्रतिष्ठानमा भएको बेथिति तत्काल रोकिनुपर्ने, प्रतिष्ठानका हरेक दिनको आयव्यय लगायतको कोरोबारको विस्तृत विवरण वेवसाइट मार्फत सार्वजनिक गर्नुपर्ने, बिरामी उपचार सम्बन्धि सम्पूर्ण सेवाहरु अनलाइन मार्फत हुनेगरी व्यवस्था गर्नुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मिलाई गत वर्षको जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, प्रतिष्ठानका ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधिको विकास गर्नुपर्ने लगायतका माग गरेका छन्।

त्यसैगरी, आवासीय चिकित्सकहरु र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, बिद्युत, पानी लगायत समस्या तत्काल समाधान गर्नुपर्ने, प्रतिष्ठानसँग गाँसिएका अनियमितता र भ्रष्टाचारको मुद्दाहरुलाई छिटो टुंग्याउन प्रतिष्ठान, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि प्रतिष्ठानमा आवश्यक उपकरणहरु, डेन्टल चेयर, डिजिटल एक्सरे, सिटिस्क्यान, एमआरआई लगायतका अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणको तत्काल व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन्।



2 thoughts on “जब उपकुलपति डा. ज्ञानेन्द्र गिरी नै मदिराको नशामा वार्ता गर्न पुगे…

  1. बेथिति विसंगतिहरुको कुनै सिमा रहेन / नराम्रो अस्वीकार्य परिस्थिति आए पछि हेर्नु पर्ने सुधार्नु पर्ने जिम्मेवारि कसको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *