टेकु अस्पतालले सुरू गर्यो, रात्रिकालीन फार्मेर्सी साथै सिटी एन्जीओ परीक्षण सेवा

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु)ले रात्रिकालीन फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालको सेवा प्रवाहलाई थप व्यस्थित र प्रभावकारी बनाउन सेवा विस्तार गरिएको निर्देशक डा. अनुप बाँस्तोलाले बताए।

यसअघि अस्पताल हाताभित्रका फार्मेसी सेवा बन्द हुँदा औषधि लिन अन्य ठाउँ धाउनुपरेको थियो।

‘बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल भित्रका रहेका फार्मेसी सेवालाई २४ घन्टा सञ्चालन गर्न लागिएको हो,’ डा. बाँस्तोलाले भने।

योसँगै रातिको समयमा टेकुका बिरामीले फार्मेसी सेवा लिन निजीमा जानुपर्ने बाध्यता हटेको छ।

निजी फार्मेसीमा औषधि महंगो हुने भएकाले दिउँसै पनि अस्पतालभित्रैकै फार्मेसीमा औषधि किन्न लाइन हुन्छ।

तर, रात्रीकालिन सेवा पनि सुचारू गरेसँगै विपन्न वर्गका लागि धेरै राहत हुने विश्वास गरिएको छ।

अस्पतालको फार्मेसीले दिने छुट र विश्वसनीयताका कारणले अस्पतालकै फार्मेसी हरेक बिरामी र तिनका आफन्तको रोजाईमा गर्दै आएको छ।

‘रात्रिकालीन सेवा उपलब्ध नहुँदा निजी बिरामीले मंहगो औषधि किन्नु पर्ने बाध्यता थियो,’ डा. बाँस्तोलाले भने, ‘ टेकुमा २४ घन्टा फार्मेसी सेवा उपलब्ध हुने भएपछि निजीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।’

त्यसैगरी, अस्पतालले रेजियोलोजी अन्तगर्त सञ्चालित सि.टि स्क्यान सेवामा थप सिटि एन्जिओ परीक्षण बिरामी एक पटक ६ हजार ५ लिने गरी सेवा विस्तार गरेको जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय