घट्यो कोरोना संक्रमणबाट मृत्यु हुने संख्या, डेढ महिना यताकै कम

कोरोना संक्रमणको दर कम हुँदै गएको तथ्याङकले देखाएको छ। योसंगै मृत्यु हुने संख्या पनि कम हुँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार आज २० जनाको मृत्यु भएको छ,जुन डेढ महिना यताकै कम संख्या हो। हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ९०७१ जनाको मृत्यु भएको छ।

२४ घण्टामा देशै भर २६३६ संक्रमित थपिएका छन्। ७२५९ जनामा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १७२८ जनामा पोजिटिभ पुष्टि भएको छ भने ४४८९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै देशै भरि ४३४८ जना निको भएका छन्। निको हुने दर ९३ प्रतिशत पुगेको छ।

२४ घण्टामा काठमाण्डौमा ३०२ भक्तपुरमा ५६ र ललितपुरमा १०० जना गरि उपत्यकामा ४५८ नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय