चिकित्सा शिक्षा स्नातक तहका परीक्षार्थीको पिसिआर अनिवार्य, यी हुन् परीक्षाकेन्द्र ?

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा साउन ९ बाट सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अनुमति दिएको छ।

स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै सिसिएमसीले हरेक विद्यार्थीहरुले पिसिआर परीक्षण अनिवार्य पनि गरेको छ।

सिसिएमसिका सहसचिव तथा प्रवक्ता कृष्णहरि पुस्करका अनुसार परीक्षा हुने समयभन्दा बढीमा ७२ घण्टाभित्रको आरटि–पिसिआर रिपोर्टसहित तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको बताए।

चिकित्सा शिक्षा ऐन लागू भएपछि आयोगले पहिलो पटक स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो। गत वर्ष नै सञ्चालन हुनुपर्ने प्रवेश परीक्षाकोरोना संक्रमणका कारण रोकिएको थियो।

काठमाडौंमै आएर परीक्षा दिने विद्यार्थीहरुका लागि यस वर्ष आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षा दिन सहज पारिएको आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले जानकारी दिए।

हालसम्म आयोगले काठमाडौं, पोखरा, नेपालगञ्ज, चितवन र धरान गरी पाँच वटा ठाउँमा परीक्षा लिने तयारी गरेको छ।

विषयगत रुपमा परीक्षा दिने झण्डै ३२ हजार विद्यार्थीहरु रहेका छन् भने २२ हजार विद्यार्थीले परीक्षा फारम भरेको कोइरालाले जानकारी दिए।

आयोगले स्नातक तहको एमबिबिएस, बिडिएसलगायतको एकीकृत प्रवेश परीक्षाको विषयमा गरिएको निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

One thought on “चिकित्सा शिक्षा स्नातक तहका परीक्षार्थीको पिसिआर अनिवार्य, यी हुन् परीक्षाकेन्द्र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय