निजी अस्पतालमा संक्रमितको उपचार शुल्क सरकारले नतिर्ने

अबदेखि सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा मात्र कोरोना संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले एक सूचना जारी गर्दै अबदेखि निजी अस्पतालमा उपचार गरेको सरकारले भुक्तानी नगर्ने जनाएका छन्।

मन्त्रालयले कोरोना संक्रमण दर घट्दै गएसँगै निजी अस्पतालहरूसँग गरेको उपचार सम्झौता तोडेको छ ।

असार १४ गते बसेको सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले अबदेखि निजी अस्पतालमा कोरोना संक्रमितको उपचार शुल्क सरकारले नव्यहोर्ने भएको हो ।

असार १४ गतेसम्म निजी अस्पतालमा भर्ना भएका बिरामीको हकमा १० दिनसम्मको शुल्क सरकारले व्यहोर्ने र नयाँ बिरामीको उपचार शुल्क नव्यहोर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, सबै निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई सरकारले तोकेको शुल्कभन्दा बढी नलिई उपचार गर्न गराउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय