जान्नुहोस! दही र चिउरा खाँदा स्वास्थ्यमा पुग्छन् यस्ता फाइदा

आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । ग्रामीण क्षेत्रहरुमा आजबाट रोपाइ शुरु गरिन्छ।

आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन।

ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन्।

सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिने गरेका छन् ।

आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।

यहाँ दही र चिउराले शरिरमा पुर्याउने फाइदा बारे जानकारी दिइएको छ।

दहीमा प्रचुर मात्रामा क्याल्सियम सोडियम, पोटासियम, ब्याक्टेरिया, भिटामिन, प्रोटिन, म्याग्नेसियम, क्याल्सियम भिटामिन ए, डी, बी–१२ भरपुर मात्रामा हुुन्छ।

दहीमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्दछ । त्यस्तै, दहीको नियमित सेवनले रक्तचापलाई पनि नियन्त्रण राख्छ ।

नियमित दही सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ । त्यसैगरी, चिउरामा पनि शरीरलाई चाहिने पोषण तत्वहरू पाइने गर्दछ ।

१. पाचन क्रियामा सघाउँछः

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुयाउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२. मुटु स्वस्थ बनाउँछः

दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

३. प्रतिरोधी क्षमता बढाउँछः

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

४. दाँत र हड्डी बलियो बनाउँछः

दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

५. चायाँ हटाउँछ

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

६. तौल घटाउन सहयोग गर्दछः

दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरिरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

चिउराका फाइदाबारे पनि जानकारी लिनुहोस्

१. चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ

२. चिउरामा काबोइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।

३. चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

४. चिउरामा भिटामिन ए, सि, क्याल्सिम प्रचुर मात्रा पाइन्छ ।

५. चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।

७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय