टेकु अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला

हेल्थपोस्ट नेपाल

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।

सोमबार बसेका मन्त्रीस्तरीय बैठकबाट डा. बाँस्तोलालाई नियुक्त गरिएको हो।

डा. सागर राजभण्डारीको भोलीबाट सरकारी अवकास पाउँदै छन्।

उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्।

डा. बाँस्तोला ११ औं तहका अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा प्रवक्ताको रूपमा कार्यरत थिए।

अस्पताल प्रमुखको जिम्मेवारी पाएसँगै डा. बाँस्तोलाले सम्पूर्ण ध्यानको कोरोना उपचारमा केन्द्रित हुने बताए।

‘जिम्मेवारी पाउनुभन्दा अगाडी नै महामारीमा केन्द्रित भएर काम गरे,’ डा. बाँस्तोलाले हेल्थपोस्टसँगको कुरानकानीमा भने, ‘ अझै कोरोनाको जोखिम घटेको छैन। अहिलेको पहिलो प्राथमितका कोरोनामा नै केन्द्रित हुनेछ।’

उनले सरूवा रोगका उपचारको सा–साथै अध्ययन, अध्यापनमा विशेष जोड दिने बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *