सोमबार ३७ हजार ९५० सक्रिय संक्रमित, ४२ जनाको निधन
पछिल्लो २४ घन्टामा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ पिसिआर र ४ हजार ९९२ नमुना परीक्षण गरिएको मध्ये २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ।
सोमबार देशभर ३७ हजार ९५० सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार आज ३ हजार ८५३ जना निको भएका छन्।
यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ४२ जनाको निधन भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा संक्रमणबाट ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन्।
आज देशभर ३५७ जना क्वारेन्टाइनमा छन्।