भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी

भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल भक्तपुर नगरपालिका ९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाईलाई पक्राउ गरिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने सूचनापछि आइतबार साँझ पक्राउ गरिएको बताए।

घटना सोही दिन दिउँसो ३ बजे भएको प्रहरीले जनाएको छ। दमाईका बारेमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय