भाेलीदेखि सार्वजनिक यातायात चल्ने, यस्ता छन् मापदण्ड

हेल्थपोस्ट नेपाल

 काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले मंगलबारदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर-बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ।

कोरोना संक्रमणको जोखिम घटेको तर, नहटेकाले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको निरौलाले जानकारी दिए।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *