‘पोष्ट कोभिड’ले निम्त्याउँदै शारीरिक तथा मानसिक समस्या, यस्ता लक्षण देखिए चिकित्सककोमा जानुहाेस्
केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण मुक्त भइसकेपछि पनि शरीरमा विभिन्न लक्षणहरु लामो समयसम्म रहिरहन्छ ।
यस्ता पोष्ट कोभिड लक्षणहरु १२ हप्तासम्म पनि देखिने गरेको छ ।
त्यसैले कोरोना निको भइसकेपछि पनि स्वास्थ्यको उत्तिकै राख्नुपर्छ र जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्नुपर्छ ।
यी लक्षणहरु बढ्दै गएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।
१.म्युकोरमाइकोसिस(कोलो ढुसी)को लक्षणहरु देखिने
२.बालबालिकामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिने
३. धेरैनै थकाइ लाग्ने र थोरै कमजोरी महसुस हुने
४.सास फेर्न गाह्रो हुने
५. निद्रा नलाग्ने, झर्काे लाग्ने जस्ता डिप्रेशन र तनावका लक्षणहरु देखा पर्ने
७.एकाएक रक्तचाप बढ्ने वा घट्ने
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय )