धेरै नखानुस् खर्बुजा, यस्तो होला साइड इफेक्ट

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार १४ गते ५:५६


खबुर्जा गर्मीमा निकै खाइन्छ। यसलाई गर्मी यामको उपहार पनि मानिन्छ।

यसमा ९२ प्रतिशत पानी हुन्छ जसका कारण शरीरलाई डिहाइड्रेट हुनबाट जोगाउँछ।

योसंगै खर्बुजामा पोषणका तत्वहरु पनि हुन्छ। यसमा भिटामिन–ए, भिटामिन बि ६, भिटामिन सी, पोटासियम, लाइकोपीन र सिटुलीन जस्ता तत्वहरु पाइन्छ।

त्यसैले यो फल शरीरका लागि निकै फाइदाजनक हुन्छ, तर डाक्टरहरुका अनुसार यसको धेरै सेवन गर्नाले शरीरलाई हानीकारक पनि हुनसक्छ।

झाडापखाला वा पचाउनमा समस्या आउने

खर्बूर्जा पानी र डायट्री फाइबरका लागि निकै राम्रो मानिन्छ तर धेरै सेवन गर्नाले झाडापखाला, सुन्निने, पेट फुल्ने वा पेटमा ग्यास भरिने जस्ता समस्या आउन सक्छ।
विज्ञहरुका अनुसार खर्बुजामा सार्बिटोल नामक सुगर कम्पाउण्ड पाइन्छ, जसले पेटमा ग्यास तथा झाडापखाला गराउन सक्छ। त्यस्तै लाइकोपीनले पनि समस्या बढाउन सक्छ। यसमा पिगमेन्टेड अक्सिडेन्ट हुन्छ जसले भित्रको रंग रातो बनाउँछ।

सुगर लेबल बढाउँछ

यढि तपाईंलाई सुगरको रोग छ भने यो खानाले सुगर लेबल बढाउँछ। यो फल खाँदा फाइदा त हुन्छ नै तर यसमा ग्लाइसेमिक तत्व धेरै भएकाले हरेद दिन खानु अगाडी डाक्टरसँग सल्लाह लिन जरुरी हुन्छ।

लिबर सुन्निने

रक्सी धेरै खाने मानिसहरुले धेरै खर्बुजा खानु हुँदैन। लाइकोपीन धेरै हुने भएकोले रक्सीसँग मिलाउँदा शरीरमा नराम्रो असर गर्न सक्छ।
हरेक दिन रक्सी खाने मानिसहरुले धेरै खर्बुजा खाए लिबर सुन्निन पनि सक्छ। लिबरमा अक्सिडेटिव स्ट्रेस बढे खतरनाक हुन्छ।

ओभर हाइडेसन

खर्बुजा धेरै खानाले ओभर हाइड्रेसन हुन सक्छ। यसका कारण शरीरमा सोडियमको मात्रा घट्न सक्छ। खर्बुजामा ९२ प्रतिशत पानी हुन्छ, धेरै सेवन गरेका कारण ओभर हाइडेसन हुन सक्ने सम्भावना रहन्छ।
चिकित्सकहरुको अनुसार यदि शरीरमा पानीको मात्रा धेरै भए रगतको वजन बढ्ने जसका कारण खुट्टा सुन्निने, थकान, किड्नी कम्जोर हुन सक्छ।

कार्डियोभास्कूलर समस्या

खुर्बजामा पोटासियम पनि पाइन्छ। यसले शरीरमा इलेक्ट्रोलाइट फंसन र मुटुको स्वास्थ्यका लागि राम्रो काम गर्छ। यो संगै पोटासियम हाम्रो हड्डीलाई बलियो बनाउन पनि मद्धत गर्दछ। तर यसको धेरै सेवन गर्नाले काडियोभास्कूलर समस्या निम्तिन सक्छ। अनियमित धड्कनको साथसाथै पल्स रेट पनि कम्जोर बनाउन सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय