गुडिरहेको विमानबाट यात्री हाम्फालेपछि…

हेल्थपोस्ट नेपाल

messenger sharing button

अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानबाट एक यात्री हाम्फालेको घटना बाहिर आएको छ। ककपिटमा छिर्ने प्रयासपछि ती व्यक्ति विमानबाटै हाम्फालेका हुन्।

ती पुरुष विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ।

उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको थियो।

अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटनामा वृद्धि भएको छ। यो वर्षमात्र झन्डे ३ हजार यस्ता घटना त्यहाँ भएका छन्।

खास के भएको थियो?
स्थानीय समयअनुसार साँझको ७:१० बजे साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसकाे जहाजमा त्यो घटना भएको थियो।

ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।

चालक दलका अनुसार उनी आपतकालीन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढाेकातर्फ गएका थिए। त्यसपछि उनी विमानको गेट खोलेर हाम्फालेका थिए।

अधिकारीहरूले उनको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरू गरेका छन्। सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिनामा सबैभन्दा बढी कानुन तोड्ने घटनाहरू देखिएको एफएएले जनाएको छ।

२५ मे सम्म ३९४ जना यात्रुले चालक दलको काममा हस्तक्षेप गरेको एफएएको विवरणमा भनिएको छ।

गत वर्ष १८३ यात्रु अनुसन्धानको दायरामा आएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *