राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याब टेक्निसियनहरुलाई जागिरको अवसर

हेल्थपोस्ट नेपाल


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ६ जना ल्याब टेक्निसियन तथा माइक्रोबायोलोजिष्टको माग गरेको छ। दुई महिना अवधिका लागि प्रयोगशालाले कर्मचारी आह्वान गरेको हो।

प्रयोगशालाले एक जना क्लिनिकल माइक्रोबायोलोजिष्ट, तीन जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र दुई जना ल्याब टेक्निसियनको माग गरिएको छ।
क्लिनिकल माइक्रोबायोलोजिष्टको हकमा मास्र्टस इन माइक्रोबायोलोजि (एमडि, एमएससी) गरेको हुनुपर्ने छ भने एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। एनएमसि वा एनपिएचसिमा दर्ताभएको हुनुपर्नेछ।

त्यस्तै, मेडिकल ल्याब टेक्निोलोजिष्टको हकमा बिएससि एमएलटी वा बिएमएलटि गरेको हुनुपर्ने छ भने एक वर्षको कार्यअनुभव र एनएचपिसिमा दर्ता भएकोहुनुपर्दछ।

ल्याब टेक्निसियनका लागि सिएमएलटी पढेको हुनुपर्ने छ भने एनएचपिसिमा दर्ता भएको हुनुपर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *