सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट, तीन जना प्रकाउ

हेल्थपोस्ट नेपाल

दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ।

शनिबार बेलुका एक स्थानीय लडेर घाइते भएपश्चात उपचारको लागि अस्पताल पुगेका थिए।

तर, अस्पतालमा कार्यरत कर्मचारीले संक्रमितको मात्रै उपचार हुने भन्दै अन्तै जान अनुरोध गरेपछि विवाद सुरू भएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रका अनुसार उपचार नगरेको भन्दै केही मानिसले डाक्टर तथा नर्समाथि हातपात गरेको थिए।

स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले प्रकाउ गरिसकेको छ।

हाल अस्पतालमा दुई कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो २०६६ संशोधन) अध्यादेश २०७८ जारी गरेको छ।

अध्यादेश जारी भएपछि केही हदसम्म स्वास्थ्यकर्मीमाथि कुटपिट तथा स्वास्थ्य संस्थामा तोडफोडको क्रियाकलाप कम हुने आश गरिएपनि कुटपिटको घटना भने घट्न सकेको छैन।

अध्यादेशअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरे तीन वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *