नेपालमा अवैध रूपमा भित्रियो कोभिसिल्ड, प्रति डोज ५ हजार

नेपालमा कोरोना विरुद्ध खोेप (कोभिसिल्ड) को अवैध रूपमा विक्री– वितरण भएको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ।

मञ्चले एक विज्ञप्ति निकाल्दै पूवीनाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोभिसिल्ड एक डोजको ५ हजारसम्म बिक्री–वितरण भएको जनाएको छ।

कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएको तीन महिना भन्दा बढी समयवित्दा पनि दोस्रो डोज पाउन सकेका छैनन्।

सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरु आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरुले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको आरोप छ ।

‘नेपालको पूर्वीनाकाहरूबाट काठमाडौं लगायतका शहरी क्षेत्रमा ल्याइ अवैध रूपले कोभिसिल्ड खोप भन्दै लुकीपछपी ३ देखि ५ हजारसम्म विक्रि वितरण भएको पाइएको छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायब भएको समाचा र भारतको बंगालमा नक्कली कोभिसिल्ड बजारमा बिक्रि वितरण हुनुले सरकारको सक्रियता र सजकतामा कति देखिन्छ।’

जनताको जनस्वास्थ्य माथि खेलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा मञ्चले सरकारलाई अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय