कार्यालयमा सहकर्मीलाई चुम्बन गर्दा स्वास्थ्यमन्त्रीको पद चैट

 

कोरोना संक्रमणको उच्च जोखिम भएको समयमा पनि कार्यालय सहयोगीसँग चुम्बन गरिरहेको तस्बीर सार्वजनिक भएपछि बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले राजीनामा दिएका छन्।

सहकर्मीलाई चुम्बन गरेको तस्बिर बाहिरिएपछि बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककको व्यापक आलोचना भएको थियो ।

उनले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा पत्र लेख्दै जनताको तल झारेँ भन्दै राजीनामा दिएका हुन्।

उनले आफ्नै मन्त्रालयमा कार्यरत महिलालाई चुम्बन गरेको तस्बिर शुक्रबार द सन पत्रिकाले प्रकाशित गरेको थियो । ४२ वर्षीय हानककले आफ्नो मन्त्रालयमा कार्यरत महिलासँग अघिल्लो महिनामै उक्त व्यवहार गरेका थिए ।

उनको मन्त्रालयमा नियुक्त भएकी ती महिला लामो समयदेखि हानककसँग निकट रहेको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार उक्त तस्बिर मन्त्रालयकै कसैले खिचेको थियो ।

कोरोना संक्रमणको जोखिमका कारण सामाजिक दूरी कायम राख्न सरकारले मापदण्ड जारी गरेका बेला स्वास्थ्य मन्त्रीले नियम मिचेको भन्दै व्यापक आलोचना भएको थियो ।

उनी विवादित बनेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीका विधायकहरुले उनलाई पद छाड्न आग्रह गरेका थिए ।

उनले शनिबार प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र लेखि राजीनामा बुझाएको रोयटर्सले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय