काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, थप कुन–कुन क्षेत्र खुल्छन् ?

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदैछ।

निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहको छ।

तर, संक्रमणको अवस्था अझै नघटेकाले सार्वजानिक यातायतका साधन तथा भीडभाड हुने क्षेत्र सञ्चालनमा भने केही समय रोक लगाउने भएको छ।

सार्वजनिक सवारीका साधन, मन्दिर (भक्तजनहरुको दर्शन तथा पूजा), सिनेमा हल, पार्टी प्यालेस, समारोह तथा सभाहरुमा लगाइएको प्रतिबन्ध कायमै रहने जनाइएको छ।

कोरोना संक्रमण अपेक्षाकृत रूपमा नघटेकाले केही समय अझै निषेधाज्ञा थप्ने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

काठमाडौं उपत्यकामा पछिल्लोपटक पुनः एक साताका लागि निषेधाज्ञा थपिएको थियो। पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोरमा सञ्चालन गर्ने गरी निषेधाज्ञा जारी राखिएको छ।

उनकाअनुसार निषेधाज्ञाका विषयमा निर्णय गर्न आइतबार तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ।

थप के–के खोल्ने भन्ने विषयको निर्णय हुनेछ।सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ।

त्यसैगरी, सरकार बार अनुसार केही क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ। हालसम्म ७५ जिल्ला आशिंक वा पूर्ण लकडाउन नै जारी छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *